Krantidwar - स्थानिय तहमा प्रशुती गराउने वर्षौ देखीको चाहना पुरा हुने
समाज

स्थानिय तहमा प्रशुती गराउने वर्षौ देखीको चाहना पुरा हुने


समाज 310 पटक पढिएको प्रेमचन्द्र झा


 स्थानिय तहमा प्रशुती  गराउने वर्षौ देखीको चाहना पुरा हुने

प्रशुती गृह भवन उदघाटनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै माधवनाराण नगरपालिकाका नगरप्रमुख बीरेन्द्र यादवले उपकरण औषधी लगायतका आवश्यक सामाग्रीहरु नगरपालिकाबाट उपलव्ध गराई प्रशुतीगृह यथाशिध्र्र सञ्चालनमा ल्याउने प्रतिबधता व्यक्त गर्नु भयो ।

रौतहट   माघ  । गौर  महिला लाई स्थानिय तहमा प्रशुती गराउने वर्षौ देखीको  चाहना पुरा हुने भएको छ ।नेपाल सरकार तथा वेलायत सरकारको आर्थिक सहयोगमा नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन) द्वरा सञ्चालित सामुदायिक विकास कार्यक्रम (सिडिपि) मार्फत प्रशुती गृह भवन निर्माण भए पछि स्थानियको चाहना पुराहुने भएको हो । उक्त भवन बनाउन सामुदायिक विकास कार्यक्रम (सिडिपि) ले १८ लाख ९५ हजार ८ सय ३६ रुपैया र साविकको पिपरारजवडा गाविसको १ लाख ७७ हजार २ सय गरी जम्मा २० लाख ७३ हजार ७ सय ३६ रुपैयाको लागतमा सम्पन्न  गरेको कार्यक्रम संयोजक लिल कार्कीले जानकारी दिनु भयो ।

प्रशुती गृह भवन उदघाटनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै माधवनाराण नगरपालिकाका नगरप्रमुख बीरेन्द्र यादवले उपकरण औषधी लगायतका आवश्यक सामाग्रीहरु नगरपालिकाबाट उपलव्ध गराई प्रशुतीगृह यथाशिध्र्र  सञ्चालनमा ल्याउने प्रतिबधता व्यक्त गर्नु भयो ।

प्रशुतीगृह निर्माण समितिका अध्यक्ष एवं पिपरारजवडा गाविसका पूर्व अध्यक्ष किसुनी साहले यो संचालन भए पछि रौतहट क्षेत्र नम्बर १ का अधिकांस गाउँका जनता लाभान्वित हुने बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रौतहटका जिल्ला समन्वय अधिकारी उमेश बस्नेतले स्थानीय तहलाई यस्ता संस्थाहरु सञ्चालन गर्ने आवश्यक पर्ने स्थानमा खोल्ने , अनुदान दिने सहितका अधिकार रहेको जानकारी गराउनु भयो । सो अवसरमा उपमेयर सिमल कुमारी साह, स्वास्थ्यकर्मी नागेन्द्र पटेल, नगरपालिका प्रशासकिय अधिकृत प्रलव कायस्थ, निमित जिल्ला स्वास्थ्य प्रमुख नागेश्वर जयसवाल, वडा सचिव झगरु मन्सुरी लगायतका उपस्थिति रहेको थियो । प्रसुती गृह निर्माणमा योगदान गर्नेलाई सम्मान गरिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



माधवनारायण नगरपालिकाका उप मेयर सिमल कुमारी साहले सहिदहरुलाई सम्झीदै सहिद परिवारलाई सम्मान

समुहमा लागेपछी कानुनीअधिकार पराप्त गर्न सफल

गाउँपालिका अध्यक्ष अरुण साह र निमित प्रमख प्रशासकिय अधिकृत प्रमोद ठाकुरको संलग्नतामा करोडौं रुपैयाको दुरुपयोग

बालबालिकाको जीवन रक्षा सम्बन्धी अन्तरक्रिया

जेष्ठ नागरिकहरुलाई सम्मान

फतुवा विजयपुर नगरपालिकाका उपमेयर कान्ति देवि महतो. प्रशासकिय अधिकृत रन्जना साह र लेखा अधिकृतको मिलेमतोमा ब्यापक भ्रष्टाचार

स्थानीय तहमा योजना निर्माण विधि र प्रक्रिया बारे तालिम सम्पन्न

स्थानिय तहका दलित महिला जनप्रतिनिधिहरुको लागी क्षमता अभिबृद्धि

पत्रकार समाजको ऐना--- नगरप्रमख श्याम प्रसाद यादव
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

278437 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top